इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु « Khabarhub

इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् ।

उनले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताइन् । उनले भनिन्, ‘कूल २५ लाख लागत रहेको उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान दिएको छ । दश लाख ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।’

नगरप्रमुख केदार थापाले हिजो उद्योगको उद्घाटन गरेका थिए ।  महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने र यहाँको आवश्यकता यही उत्पादनले धान्ने विश्वास व्यक्त गरे ।

उक्त उद्योगले हाल ‘ब्रान्डिङ, प्याकेजिङ, लेवलिङ’को काम गरिरहेको संस्थाकी अध्यक्ष बबिता लिङदमले जानकारी दिइन् । उद्योगमा बजारको अवस्था हेरेर उत्पादनका सबै काम गरिने उनको भनाइ छ ।

उनका अनुसार उद्योगमा अहिले दुई जना महिला कार्यरत छन् । उद्घाटन कार्यक्रममा उपप्रमुख विष्णु दाहाल, वडाध्यक्षहरु नुतनदेव दुलाल, नरेश श्रेष्ठ, गायत्रीराम बस्नेत, पत्रकार महासङ्घका अध्यक्ष विप्लव भट्टराई, औषधि व्यवसायी सङ्घका अध्यक्ष वासु घिमिरे, महिला सशक्तीकरणकी अध्यक्ष ज्योतिमाला प्रधानको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ७ : २२ बजे

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध

नयाँ सभ्यताको मोडमा नेपाल-भारत सम्बन्ध

म कूटनीतिमा दख्खल राख्ने व्यक्ति होइन । यो लेख मैले

बीपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

काठमाडौँ– सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी