अनुदानमा कृषकलाई गोलासहितको मौरीघार | Khabarhub Khabarhub

अनुदानमा कृषकलाई गोलासहितको मौरीघार


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो । 

जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिए। उनका अनुसार प्रत्येक कृषकलाई एक-एक वटाका दरले गोलासहितको मौरी घार वितरण गरिएको हो । 

साथै टोपी, कुइँगेट र पञ्जा ७०-७० वटा वितरण गरिएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषकलाई मौरी घारसहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिए । उनका अनुसार गोलासहितको घारलाई रु नौ हजार परेकामा चार हजार पाँच सय अर्थात् ५० प्रतिशत कृषकको लगानी रहेको छ । 

आठबिसकोट नगरपालिका-११ डाँडागाउँबाट गोलासहितको मौरी घार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो । बाँकी छुटेका ४० जना कृषकलाई केही दिनमा सल्यानबाट मौरी घार ल्याएर वितरण गरिने प्राविधिक सहायक चन्दले बताए। 

अनुदानमा कृषकलाई मौरी घार वितरण गर्न कृषि विकास कार्यालयले पाँच लाख बजेट विनियोजन गरेको जनाएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  २ : २९ बजे

देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोर्टोलाई च्याम्पियन्स लिग दिलाउने जर्ज कोस्टाको निधन

काठमाडौं– एएफसी पोर्टोलाई च्याम्पियन्स लिग उपाधि जिताउने कप्तान जर्ज कोस्टाको

गाजा कब्जा गर्ने नेतान्याहुको प्रस्ताव सैन्य अधिकारीबाट अस्वीकार

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा क्याबिनेटको बैठकमा गाजा पुनः

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन २१ गते बुधबार। साउन

आज २०८२ साल साउन २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २१ गते बुधबार। साउन