फिफा वरियतामा नेपाल तीन स्थान तल झर्‍यो « Khabarhub

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्‍यो


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरको छ ।

जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतपनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१औं। म्यान्मार एक स्थान तल झर्दै १६३औँ बंगलादेश १८४औं,  भुटान १८५औँ पाकिस्तान १९५औं र श्रीलंका २०४ स्थानमा रहेका छन् ।

त्यस्तै फिफा वरियताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायम रहेको छ । दोस्रो स्थानमा फ्रान्स छ भने एक स्थान सुधार गर्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ । 

त्यस्तै इङ्ल्याण्ड एक स्थान तल झरेर चौथो स्थानमा छ भने ब्राजिल पाँचौं स्थानमा रहेको छ । त्यस्तै पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएको छ भने नेदरल्याण्डस् एक स्थान तल झर्दै सातौँ स्थानमा रहेको छ । 

त्यसैगरी स्पेन आठ, इटाली नौं र क्रोसिया १०औं स्थानमा रहेका छन् ।    

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ३ : १३ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका