फिफा वरियतामा नेपाल तीन स्थान तल झर्‍यो « Khabarhub

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्‍यो


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरको छ ।

जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतपनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१औं। म्यान्मार एक स्थान तल झर्दै १६३औँ बंगलादेश १८४औं,  भुटान १८५औँ पाकिस्तान १९५औं र श्रीलंका २०४ स्थानमा रहेका छन् ।

त्यस्तै फिफा वरियताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायम रहेको छ । दोस्रो स्थानमा फ्रान्स छ भने एक स्थान सुधार गर्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ । 

त्यस्तै इङ्ल्याण्ड एक स्थान तल झरेर चौथो स्थानमा छ भने ब्राजिल पाँचौं स्थानमा रहेको छ । त्यस्तै पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएको छ भने नेदरल्याण्डस् एक स्थान तल झर्दै सातौँ स्थानमा रहेको छ । 

त्यसैगरी स्पेन आठ, इटाली नौं र क्रोसिया १०औं स्थानमा रहेका छन् ।    

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ३ : १३ बजे

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार