यी हुन् वाइडबडी प्रकरणमा मुछिएका ३२ जना « Khabarhub

यी हुन् वाइडबडी प्रकरणमा मुछिएका ३२ जना

८ जना विदेशी, २४ जना नेपालीमाथि अख्तियारले चलायो मुद्दा


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ । बिहीबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । 

अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको हो । विदेशीको नाम भने खुलाइएको छैन । अख्तियारले सबैमाथि १ अर्ब ४७ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।

तत्कालीन सञ्चालक समितिका सदस्यहरू शिशिरकुमार ढुंगाना, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसार लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे  सहसचिव जीवनप्रकाश सिटौलालाई प्रतिवादी बनाइएको छ । त्यसैगरी, सञ्चालक समितिका अच्युतराज पहाडी, निगमका तत्कालीन कामु निर्देशक रामहरी शर्मा, जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभासकुमार आचार्य,  निर्देशक गणेशबहादुर चन्द, कामु निर्देशक कर्णबहादुर थापा  र निमित्त निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजाललाई समेत प्रतिवादी बनाई आरोप पत्र दायर गरिएको छ । 

निगमका नायव महाप्रबन्धक रमेशबहादुर शाह, निमित्त निर्देशक एवं वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, उमेश पौडेल र वृहतमान तुलाधरमाथि पनि  बाइडबडी भ्रष्टाचारको आरोप लागेको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ४ : ५६ बजे

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र