यी हुन् वाइडबडी प्रकरणमा मुछिएका ३२ जना « Khabarhub

यी हुन् वाइडबडी प्रकरणमा मुछिएका ३२ जना

८ जना विदेशी, २४ जना नेपालीमाथि अख्तियारले चलायो मुद्दा


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ । बिहीबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । 

अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको हो । विदेशीको नाम भने खुलाइएको छैन । अख्तियारले सबैमाथि १ अर्ब ४७ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।

तत्कालीन सञ्चालक समितिका सदस्यहरू शिशिरकुमार ढुंगाना, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसार लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे  सहसचिव जीवनप्रकाश सिटौलालाई प्रतिवादी बनाइएको छ । त्यसैगरी, सञ्चालक समितिका अच्युतराज पहाडी, निगमका तत्कालीन कामु निर्देशक रामहरी शर्मा, जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभासकुमार आचार्य,  निर्देशक गणेशबहादुर चन्द, कामु निर्देशक कर्णबहादुर थापा  र निमित्त निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजाललाई समेत प्रतिवादी बनाई आरोप पत्र दायर गरिएको छ । 

निगमका नायव महाप्रबन्धक रमेशबहादुर शाह, निमित्त निर्देशक एवं वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, उमेश पौडेल र वृहतमान तुलाधरमाथि पनि  बाइडबडी भ्रष्टाचारको आरोप लागेको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ४ : ५६ बजे

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

इजरायल र अमेरिकाद्वारा पछिल्लो २४ घण्टामा इरानमाथि १२ सय बढी बम प्रहार गरेका दाबी

इजरायल – इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेई को मृत्यु