डा उपाध्यायले पुर्‍याए १५३ विश्व कीर्तिमान « Khabarhub

डा उपाध्यायले पुर्‍याए १५३ विश्व कीर्तिमान


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । यसअघि गीत संगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्याएका छन् ।

बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच उनका थप २० विश्व कीर्तिमानसार्वजनिक तथा हस्तान्तरण गरिएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रैतीले डा उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।

साहित्यकार केदारनाथ खनालको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका पूर्व अध्यक्ष चूडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनाल लगायतले डा उपाध्यायलाई बधाई तथा शुभकामना दिँदै उनका कर्मलाई देशले नै गौरव गर्नुपर्ने बताए ।

प्रमुख अतिथि रक्षा मन्त्री उप्रैतीले डा. उपाध्यायलाई यस्तो विशेष कार्यका लागि बधाई तथा शुभकामना दिँदै उनले आफूलाई सधै सकारात्मक कर्मतर्फ डो-याएका कारण यो सबै सम्भव भएको बताए । आफूले नयाँ नयाँ विषयवस्तुमा खोज अनुसन्धान र केही फरक गरौ भन्ने धारणाका साथ काम गर्दै जादा आफ्ना विश्व रेकर्डको संख्या १५३ पुगेको डा उपाध्यायले बताए । ‘म समाजका लागि गीत उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’ भन्दै डा उपाध्यायले स्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने सुनाए ।

सो अवसरमा एभरेष्ट वल्र्ड रेकर्डसका मधुरा श्रेष्ठले डा. उपाध्यायलाई १५३ विश्व  किर्तिमानका मेडल पनि प्रदान गरेका थिए । यस्तै प्रमुख अतिथि रक्षा मन्त्री उप्रैतीले डा. उपाध्यायलाई बधाई तथा शुभकामना सम्मान पत्र पनि अर्पण गरेका थिए। कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई द विट्रिस रेकर्ड अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

यही महिना डा. उपाध्यायलाई विश्वको सर्वाधिक उचाईमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकोे प्रमाण पत्र हालै राष्ट्रपति कार्यलयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हस्तान्तरण गरिएको थियो । डा. उपाध्यायले विश्वमा एकैदिन सबैभन्दा बढी आर्टिकल लेखेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका छन् भने सवैभन्दा धेरै भाषामा गीत लेखेर पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरे ।

डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित बुक अफ अमेरिका, एभरेष्ट वर्ल्ड रेकर्ड, स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड, अष्ट्रेलिया, लन्डन युके लगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।

नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा कीर्तिमानी गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ले डा. उपाध्यायका गीत प्रस्तुत गर्नुभएको थियो भने कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

डा. उपाध्यायका ३६ बढी गीति एल्वम, १६ उपन्यास, तीन गीति कविता र सयौ गीतका भिडियो सार्वजनिक छन् । उनले देश विदेशका विभिन्न संघ संस्थाबाट सयौ मान सम्मान अवार्ड र पुरस्कार प्राप्त गरेका छन् । नेपाली गीत संगीतमा उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ८ : १६ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका