सुनसरीका थप तीन पालिकामा निषेधाज्ञा जारी | Khabarhub Khabarhub

सुनसरीका थप तीन पालिकामा निषेधाज्ञा जारी


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

इनरुवा– जिल्ला प्रशासन कार्यालय सुनसरीले  विभिन्न पाँच स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी भएको जनाइएको छ  ।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भई तनावपूर्ण स्थिति सृजना भएपछि शान्ति सुरक्षा कायम गर्ने हेतुले सो सूचना जारी गरिएको बताइएको छ ।

याे पनि 

सुनसरीका दुई पालिकामा निषेधाज्ञा

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : २७ बजे

सामान्य बन्दै पोखराको जनजीवन

गण्डकी– जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून