रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण « Khabarhub

रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रुकुम । रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ । बत्तीस हजार नौ सय ९६ लाभग्राही कायम भएकामा तीन हजार दुई सय ३० अस्थायी आवास निर्माणको चरणमा छन् ।

भूकम्प गएको पाँच महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा रु ८२ करोड ४९ लाख रकम पठाइएको भए पनि सबै रकम खर्च हुनसकेको छैन ।

चौरजहारी नगरपालिकामा रु १५ करोड ६९ लाख ७५ हजार, आठविसकोट नगरपालिकामा रु २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा रु चार करोड १५ लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड ९६ लाख २५ हजार, त्रिवेणी गाउँपालिकामा रु ११ करोड ८१ लाख २५ हजार र बाँफिकोट गाउँपालिकामा रु छ करोड ६० लाख २५ हजार रकम लाभग्राहीको खातामा निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिए ।

चौरजहारी नगरपालिकामा छ हजार दुई सय ८९, आठविसकोट नगरपालिकामा नौ हजार तीन सय १३, मुसीकोट नगरपालिकामा एक हजार तीन सय ९३, सानीभेरी गाउँपालिकामा छ हजार दुई सय ५१, त्रिवेणी गाउँपालिकामा चार हजार छ सय ९२ र बाँफिकोट गाउँपालिकामा दुई हजार नौ सय ८३ अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राही कायम भएका छन् ।

त्यस्तै आठविसकोट नगरपालिकामा नौ हजार सात सय ३२, मुसीकोट नगरपालिका एक हजार छ सय ६०, सानीभेरी गाउँपालिकामा पाँच हजार नौ सय ८५, त्रिवेणी गाउँपालिकामा चार हजार सात सय २५ र बाँफिकोट गाउँपालिकामा दुई हजार छ सय ४१ लाभग्राहीको खातामा रकम निकासा भएको छ ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषमा रु ४० करोड रकम आएको छ । पहिलो किस्ता पाएका र अस्थायी आवास निर्माण गरिसकेकाहरूको अनुगमन, पहिलो किस्ता पाउँदा गरिएको सम्झौतालगायतका आधारमा स्थानीय तहबाट माग भइआएमा दोस्रो किस्ताको रकम पनि वितरण हुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : २५ बजे

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच

खगेन्द्र सुनारबारे संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा