माइक्रोसफ्टको चेतावनी- चीनले एआईबाट भारतको निर्वाचन प्रभावित गर्न सक्छ « Khabarhub

माइक्रोसफ्टको चेतावनी- चीनले एआईबाट भारतको निर्वाचन प्रभावित गर्न सक्छ


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेक कम्पनी माइक्रोसफ्टले चीनले भारतमा हुने लोकसभा चुनावलाई बिथोल्ने प्रयास गर्ने चेतावनी दिएको छ । जनवरीमा ताइवानमा भएको निर्वाचनमा चीनले प्रभाव पारेको आरोप लागेको थियो ।

माइक्रोसफ्टको थ्रेट इन्टेलिजेन्स टोलीले चीनले राजनीतिक दलहरूप्रति मतदाताको झुकाव परिवर्तन गर्ने वा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत भ्रमित गर्ने प्रयास गर्ने बताएको छ । उसले चुनावमा चीनको पक्षमा जनमत परिवर्तन गर्न वा चुनावमा चीनको महत्व देखाउन सक्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने बताएको छ ।

उत्तर कोरियासँगै चिनियाँ समर्थित साइबर समूहले सन् २०२४ मा हुने धेरै देशको चुनावलाई लक्षित गर्ने समेत माइक्रोसफ्टले जनाएको छ ।

सन् २०२४ विश्वको लोकतान्त्रिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण वर्ष साबित हुन गइरहेको छ । यस वर्ष ६३ देशहरुमा राष्ट्रपति र संसदीय चुनाव हुदै छ । यस वर्ष विश्वको कुल जनसङ्ख्याको ४९ प्रतिशतले मतदानको अधिकार प्रयोग गर्नेछन् ।

एआईबाट सामग्रीको प्रभाव आगामी समयमा ठूलो हुनेछ ।

टेक कम्पनी माइक्रोसफ्टले ताइवानको चुनावलाई प्रभावित पार्न चीनले एआई मार्फत सामाजिक सञ्जालमा गलत सूचना शेयर गरेको बताएको छ । यस अवधिमा चिनियाँ समूहले नेताहरुको नक्कली अडियो र मेम्स बनाउने गर्दथ्यो । सामाजिक सञ्जालमा भाइरल बनाउन प्रयोग गरियो । केही उम्मेदवारहरूलाई बदनाम गर्ने र मतदाताहरूलाई भ्रमित गर्ने उद्देश्य थियो ।

समुहले ताइवानको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीका राष्ट्रपति पदका उम्मेद्वार विलियमलाइ र अन्य ताइवानी अधिकारीहरूका साथै विश्वभरका चिनियाँ विरोधीहरूको एआई-उत्पन्न मेम्स सिर्जना गरे माइक्रोसफ्टको आरोप छ ।

टेक कम्पनीले जनतालाई भ्रममा पार्ने वा प्रभाव पार्ने चीनको प्रयास सफल भएको थोरै प्रमाण रहेको बताएको छ । चीनले अमेरिकामा पनि यस्तै गर्ने प्रयास गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ३४ बजे

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि