माइक्रोसफ्टको चेतावनी- चीनले एआईबाट भारतको निर्वाचन प्रभावित गर्न सक्छ « Khabarhub

माइक्रोसफ्टको चेतावनी- चीनले एआईबाट भारतको निर्वाचन प्रभावित गर्न सक्छ


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेक कम्पनी माइक्रोसफ्टले चीनले भारतमा हुने लोकसभा चुनावलाई बिथोल्ने प्रयास गर्ने चेतावनी दिएको छ । जनवरीमा ताइवानमा भएको निर्वाचनमा चीनले प्रभाव पारेको आरोप लागेको थियो ।

माइक्रोसफ्टको थ्रेट इन्टेलिजेन्स टोलीले चीनले राजनीतिक दलहरूप्रति मतदाताको झुकाव परिवर्तन गर्ने वा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत भ्रमित गर्ने प्रयास गर्ने बताएको छ । उसले चुनावमा चीनको पक्षमा जनमत परिवर्तन गर्न वा चुनावमा चीनको महत्व देखाउन सक्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने बताएको छ ।

उत्तर कोरियासँगै चिनियाँ समर्थित साइबर समूहले सन् २०२४ मा हुने धेरै देशको चुनावलाई लक्षित गर्ने समेत माइक्रोसफ्टले जनाएको छ ।

सन् २०२४ विश्वको लोकतान्त्रिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण वर्ष साबित हुन गइरहेको छ । यस वर्ष ६३ देशहरुमा राष्ट्रपति र संसदीय चुनाव हुदै छ । यस वर्ष विश्वको कुल जनसङ्ख्याको ४९ प्रतिशतले मतदानको अधिकार प्रयोग गर्नेछन् ।

एआईबाट सामग्रीको प्रभाव आगामी समयमा ठूलो हुनेछ ।

टेक कम्पनी माइक्रोसफ्टले ताइवानको चुनावलाई प्रभावित पार्न चीनले एआई मार्फत सामाजिक सञ्जालमा गलत सूचना शेयर गरेको बताएको छ । यस अवधिमा चिनियाँ समूहले नेताहरुको नक्कली अडियो र मेम्स बनाउने गर्दथ्यो । सामाजिक सञ्जालमा भाइरल बनाउन प्रयोग गरियो । केही उम्मेदवारहरूलाई बदनाम गर्ने र मतदाताहरूलाई भ्रमित गर्ने उद्देश्य थियो ।

समुहले ताइवानको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीका राष्ट्रपति पदका उम्मेद्वार विलियमलाइ र अन्य ताइवानी अधिकारीहरूका साथै विश्वभरका चिनियाँ विरोधीहरूको एआई-उत्पन्न मेम्स सिर्जना गरे माइक्रोसफ्टको आरोप छ ।

टेक कम्पनीले जनतालाई भ्रममा पार्ने वा प्रभाव पार्ने चीनको प्रयास सफल भएको थोरै प्रमाण रहेको बताएको छ । चीनले अमेरिकामा पनि यस्तै गर्ने प्रयास गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ३४ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद