इलाममा एमाले उम्मेदवार सुहाङलाई जिताउन तीन पार्टीको संयुक्त अपिल « Khabarhub

इलाममा एमाले उम्मेदवार सुहाङलाई जिताउन तीन पार्टीको संयुक्त अपिल


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र- २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई  विजयी गराउन नेकपा (एमाले) , नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संयुक्त अपिल गरेका छन् ।

एमाले, माओवादी र नेकपाले संयुक्त अपिल जारी गर्दै सुहाङलाई जिताउन आग्रह गरेका हुन् ।

अपिलमा एमाले इलाम अध्यक्ष महेश बस्नेत, माओवादी केन्द्रका इलामका संयोजक विजय खम्बू र नेकपाका इलाम इन्चार्ज मौसम सीले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको उल्लेख छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ५० बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ