स्वदेशी उत्पादन उपभोग गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड « Khabarhub

स्वदेशी उत्पादन उपभोग गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा आज उनले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिए । उनले स्वदेशी वस्तु उत्पादनमा सरकारले सहुलियत प्रदान गर्ने पनि बताए।

विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिँदै उनले तीनै तहका सरकारको समन्वय जरुरी रहेको औँल्याए । मन्त्री भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि सरकार लागिपरेको उल्लेख गरे ।

अन्यत्र देशबाट कच्चा पदार्थ ल्याएर बजारमा प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले स्वदेशी स्रोत साधनमा आधारित उद्योग नै हाम्रा लागि उपयुक्त हुने बताए। उनले युवाहरूको उद्यमशीलताका लागि उद्योग मन्त्रालय हरसम्भव सहयोगका लागि तत्पर रहेको बताए।  

मन्त्री भण्डारीले स्थानीय तहलाई मजबुत बनाएर स्थानीय उत्पादन बढाउन केन्द्र सरकारले जोड दिनुपर्ने बताए। उनले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारका कानुनसित नबाँझिने गरेर कार्यविधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : २६ बजे

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री