एक वर्षमा २० विधेयक प्रमाणीकरण | Khabarhub Khabarhub

एक वर्षमा २० विधेयक प्रमाणीकरण


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभा गठन भएयता ३३ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा सात वटा बढी विधेयक प्रमाणीकरण भएको छ । अघिल्लो आवमा १३ विधेयक प्रमाणीकरण गर्नुभएका प्रमुख तुम्बाहाङले आव २०७५/७६ को असार मसान्तसम्ममा २० विधेयकसहित ३३ विधेयक प्रमाणीकरण गरिसकेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले जानकारी दिए ।

‘प्रदेश आर्थिक कार्यविधि विधेयक-२०७४’ प्रदेशसभाको विसं २०७४ माघ २२ गतेको पहिलो अधिवेशनले पारित गरेको पहिलो विधेयक हो । प्रमुख तुम्बाहाङले यो विधेयक २०७४ चैत २२ गते प्रमाणीकरण गरेका थिए । यसरी प्रमाणीकरण भएका अधिकांश विधेयक प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानून देखिएको छ ।

विसं २०७४ माघ ७ गते पद बहालीपछि प्रमुख तुम्बाहाङले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भइआएका विधेयकहरू प्रमाणीकरण गरेको प्रेस सल्लाहाकार रेग्मीले बताए । प्रमुख तुम्बाहाङले प्रमाणीकरण गरेको पछिल्लो विधेयक ‘प्रदेश विनियोजन विधेयक-२०७६’ हो । उनले सो विधेयक २०७५ असार २३ गते प्रमाणीकरण गरेका हुन् ।

आव २०७५/७६ मा प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणीकरण गरेका विधेयकहरूमा ‘प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक-२०७५’ (साउन २५), ‘जिल्लासभाको काम कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ (भदौ १४), ‘अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (भदौ १४), ‘विपद् व्यवस्थापनका सम्बन्धमा गर्न बनेको विधेयक’ (असोज १४), ‘प्रदेश नं १ सामाजिक विकास संस्था विधेयक’ (असोज १४), र ‘प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक’ (असोज १४) रहेका छन् ।

यस्तै ‘प्रदेश नं. १ को प्रदेश वित्त व्यवस्थापन विधेयक’ (असोज १९), ‘प्रदेशको कर तथा गैर कर, राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (कातिक ३०), ‘प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (कातिक १४), ‘सिँचाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ (कातिक २८), ‘प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (२०७६ वैशाख १२), ‘प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (वैशाख ८), ‘प्रदेश आर्थिक कार्यविधि पहिलो संशोधन विधेयक-२०७६’ (वैशाख २६ ) र ‘बृहत् विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (वैशाख १७) रहेको छ ।

त्यस्तै ‘विपद् व्यवस्थापन ऐन,२०७५ लाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (वैशाख २७), ‘प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ (वैशाख २७), ‘गाउँ तथा नगरसभाका सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ (असार ५), ‘जिल्लासभा, जिल्ला सम्वन्य समितिका सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ (असार ५), ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्व्यन गर्न बनेको विधेयक’ (असार २३ ) र ‘प्रदेश विनियोजन विधेयक’ (असार २३) लाई प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणीकरण गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ९ : २२ बजे

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका

बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

काठमाडौं– नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा आगमी बुधबार

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास