भिसा सकिएर बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ « Khabarhub

भिसा सकिएर बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिसा समाप्त भएपछि पनि नेपालमा बसिरहेका १० जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३३ वर्षीय अनिसुर रहमान, २३ वर्षीय अब्दुल्ला, २१ वर्षीय इमामुल हुसेन, २६ वर्षीय हफिजुर रहमान, २० वर्षीय सोजिब हुसेन, २४ वर्षीय सैफुल इस्लाम, ४१ वर्षीय बिलाल हुसेन, ४२ वर्षीय सलिम, २७ वर्षीय नासिर उद्दीन र ४० वर्षीय इसिन खान रहेका छन् । प्रहरीले पक्राउ परेका सबै बंगलादेशको ढाका निवासी रहेको र उनीहरु सबै काठमाडौंको सोह्रखुट्टे बस्दै आएको जनाएको छ ।

बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरुपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार ठमेल र सोह्र खुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो  ।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ३५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको