गलुवा-भकुण्डे सडक : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्र हुँदै | Khabarhub Khabarhub

गलुवा-भकुण्डे सडक : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्र हुँदै


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गलकोट– २०६० सालमा ट्रयाक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् । 

बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपूरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो । गलुवा–काउले–देउराली सडक अन्तर्गत रहेको ६ किमि सडकमध्ये पहिलो चरणमा तीन किमि सडक कालोपत्रको अन्तिम तयारीमा पुगेको छ ।    

बागलुङ नगरपालिकाको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड गरी १० करोड लागत अनुमान गरिएको सडक सात करोड २९ लाखमा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबीसँग दुई वर्षमा काम सक्ने गरी २०८० जेठ १९ गते सम्झौता भएको थियो ।

बागलुङ नगरपालिका–१० भकुण्डेका वडा अध्यक्ष तिलबहादुर थापाले भकुण्डे पुग्ने ६ किमि सडक कालोपत्रको योजना रहेकोमा पहिलो चरणमा तीन किमि सडक कालोपत्रको पूर्वाधार निर्माण भइसकेको जानकारी दिए। हाल सडक चौडा बनाउने, नाली, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबिन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम सकिएको अध्यक्ष थापाले बताए । 

सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर सोविन घर्तीले जानकारी दिए। सम्झौता भएको नौ महिनामै सडकको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेपनि सङघ सरकारबाट चालु आर्थिक वर्षमा थप बजेट नआउँदा कालोपत्र गर्न ढिलाइ हुने नगरपालिकाले जनाएको छ । 

विसं २०८२ जेठ १९ गते सक्नुपर्ने कालोपत्रको काम त्यस अगावै सक्ने तयारीमा निर्माण व्यवसायी थिए, तर बजेट अभावले आगामी आर्थिक वर्षसम्म काम सकेर नगरपालिकालाई  हस्तान्तरण गर्ने तयारी छ । 

यस्तै नगरपालिकाको पञ्चकोट पुग्ने सडक कालोपत्र गर्न संघीय सरकार र बागलुङ नगरपालिकाको समपूरक योजनामा रु १० करोड लागत मूल्यांकन गरेर स्वीकृतिका लागि पठाइएको घर्तीले बताए। भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएको गाउँ हो । तर सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती भोग्दै आएका थिए । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : ५८ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी