दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण « Khabarhub

दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सियोल दक्षिण कोरियाले दोस्रो सैन्य जासूस उपग्रह ‘स्पेसएक्स फाल्कन-९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ । 

स्वदेशी सैन्य जासूसी उपग्रहसहित ११ उपग्रह बोकेको ‘फाल्कन–९’ रकेट संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सोमबार बिहान ८ः१६ मा उडेको थियो ।

प्रक्षेपण भएको ४५ मिनेटपछि उपग्रहलाई कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा सैन्य जासूस उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको र दोस्रो ‘सिन्थेटिक एपर्चर रडार’ सेन्सरसहित हुने बताएको छ ।

असअघि, ‘इलेक्ट्रो–अप्टिकल’‘इन्फ्रारेड सेन्सरहरू’ जडान गरिएको पहिलो उपग्रह गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  २ : १२ बजे

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८