आगलागीबाट ३५ लाख बराबरको क्षति « Khabarhub

आगलागीबाट ३५ लाख बराबरको क्षति


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–२ स्यालामा रहेको खाद्यान्न तथा किराना पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।

आइतबार १०ः३० बजे धनबहादुर बोहराको घरमा आगलागी भएको थियो । आगलागीबाट घरमा रहेको खाद्यान्न तथा किराना पसल, नास्ता पसल, लत्ताकपडासहित नगद रु तीन लाख ३० हजार गरेर कूल ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार बोहराको चार कोठाको दुईतले जस्तापाताले छाएको कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको छ । १०ः३० बजे लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा आज बिहान नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने नखुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। 

यसैबीच पीडित परिवारलाई वडा कार्यालयले राहत सहयोग गरेको छ । बोहराका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले वडाका तर्फबाट एक बोरा चामल, एक बोरा दाल, दुई कम्बल, एक फाइबर सिरक र खाना पकाउनका लागि भाडावर्तन सहयोग गरिएको वडाध्यक्ष देवबहादुर यरीले जानकारी दिए। 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ६ : ५४ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार