बलिउड कलाकार को को भिड्दै छन् लोकसभा निर्वाचनमा ? « Khabarhub

बलिउड कलाकार को को भिड्दै छन् लोकसभा निर्वाचनमा ?


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी जुन पहिलो तारिकदेखि भारतमा लोकसभा सदस्यका लागि निर्वाचन हुँदैछ । उम्मेदवार को बन्छ भन्ने विषयले चुनावी माहोल तात्ने क्रममा छ ।

बलिउड कलाकारहरू पनि उम्मेद्वार बन्ने विषयले चर्चा पाएको छ । नायिका कंगना रौनावत भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मण्डीबाट उम्मेदवारी दिने पक्का भएको छ । उनी पहिलो पटक चुनाव लड्दै छिन् ।

नायक गोबिन्दा पनि चुना लड्ने करिब पक्का जस्तै छ । उनी शिवसेना पार्टीका तर्फबाट मुम्बई उत्तर पश्चिमका लागि उम्मेद्वार बन्ने चर्चा छ । उनले सन् २००४ को लोकसभा चुनावमा जितेका थिए । कांग्रेसबाट लोकसभा सदस्य बनेका गोविन्दाले सन् २००८ मा राजनीतिबाट अलग भएको घोषणा गरेका थिए ।

त्यस्तै, अन्य केही कलाकारहरू पहिलादेखि नै राजनीतिमा सक्रिय छन् । उनीहरूले यस पटक पनि उम्मेदवारीलाई निरन्तरता दिने कुरा छ । यसैबीच नायक सञ्जय दत्त पनि राजनीतिमा आउने चर्चा चलेको छ ।

सञ्जयको उम्मेदवारीका बारेमा पछिल्लो समय समाचार र सामाजिक सञ्जालमा चर्चा चलेको हो । उनी कांग्रेसबाट हरियाणाको यमुनानगरबाट चुनाव लड्ने चर्चा चलेको छ । सञ्जय चुनावमा उठ्न लागेको हल्ला चलेको यो पहिलो पटक भने पक्कै होइन ।

सञ्जयका बुबा सुनील दत्त भारतीय कंग्रेसको नेता समेत भएकोले उनको चर्चा चल्ने गरेको हो । उनकी बहिनी प्रिया पनि सोही पार्टीकी नेत्री हुन् । त्यसैले पनि पछिल्ला हरेक जसो निर्वाचनमा उनको उम्मेदवारीका विषयमा चर्चा हुने गर्छ ।

सञ्जय राजनीतिबाट टाढा रहेका व्यक्ति भने होइनन् । उनको परिवार नै राजनीतिमा संलग्न थियो । उनी आफैँले पनि सन् २००९ को लोकसभा चुनावमा समाजवादी पार्टीबाट उम्मेदवारी दिएका थिए । तर हतियार प्रकरण टुंगो नलागेका कारण उम्मेदवारी बदर भएको थियो ।

चुनावमा नउठे पनि पार्टीको महासचिवको जिम्मेवारीमा उनले एक वर्ष काम गरे । तर सन् २०१० मा उनले पार्टी परित्याग गरे ।

अहिलेको चुनावमा उम्मेदवारीको चर्चाले उनी स्पष्टीकरण दिन बाध्य भएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत् उम्मेद्वार बन्न लागेको चर्चा झुठो भएको जानकारी दिएका छन् ।

सञ्जयले लेखेका छन्, ‘म राजनीतिमा प्रवेश गर्ने सबै हल्लाको अन्त्य गर्न चाहन्छु । म कुनै पार्टीमा आबद्ध छैन र चुनाव लडिरहेको छैन ।’

चुनाव लड्ने सोच आए पहिला आफैँले घोषण गर्ने उनले बताए । उनले भने, ‘मैले राजनीतिक मैदानमा प्रवेश गर्ने निर्णय गरेँ भने घोषणा गर्ने पहिलो व्यक्ति म आफैँ हुनेछु । कृपया आजकल मेरो बारेमा समाचारमा जे चर्चा भइरहेको छ त्यसमा विश्वास नगर्नुहोस् ।’

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : १६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल