आईपिएलमा कोलकाताको पहिलो हार : चेन्नई सात विकेटले विजयी « Khabarhub

आईपिएलमा कोलकाताको पहिलो हार : चेन्नई सात विकेटले विजयी


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) मा कोलकाता नाइट राइडर्सले पहिरो हार खाएको छ । सोमबार राति भएको खेलमा चेन्नाई सुपर किंग्ससँग कोलकाता ७ विकेटले पराजित भएको हो । लगातार तीन खेल शानदार ढंगले जितेको कोलकाता साविक विजेता चेन्नईसँग स्तब्ध भएको हो ।

टस जितेर सुरुमा फिल्ड रोजेको चेन्नाईले कोलकातालाई १३७ रनमा समेटेको थियो । पूरै २० ओभर खेलेको कोलकाताले ९ विकेटको क्षतिमा १३७८ रन मात्र बनाएपछि चेन्नईले सहज जित दर्ता गरेको हो ।

सुरुमा ब्याटिङ गरेको कोलकाताका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ३४ रन बनाए । अघिल्लो खेलमा शानदार प्रदर्शन गरेका सुनिल नारायण २७ रनमा समेटिए भने अङ्कृष्ण रघुवंशीले २४ रन जोडे । रमनदीप सिंह १३, आन्द्रे रसेल १० रनमा समेटिँदा रिंकु सिंहले ९ रन मात्र जोडे ।

कोलकातालाई सस्तैमा समेट्न चेन्नईका रविन्द्र जडेजा र तुषार देशपाण्डेले ३–३ विकेट लिए । मुस्ताफिर रहमानले २ विकेट लिँदा महेश थेक्षानाले १ विकेट हात पारे ।

१३८ रनको लक्ष्य पछ्याएको चेन्नईको जितका लागि कप्तान रुतुराज गायकवाडले ५८ बलको सामना गर्दै ९ चौकाको मद्दतमा नटआउट सर्वाधिक ६७ रन बनाए । उनको शानदार अर्धशतकमा चेन्नईले कोलकातामाथि १४ बल बाँकी हुँदै ३ विकेटको क्षतिमा १४१ रन बनाएर शानदार जित निकालेको हो ।

चेन्नईका लागि शिवम दुबेले २८ रन बनाउँदा डेरिल मिचेलले २५ रन जोडे । रचिन रविन्द्रले १५ रन जोड्दा महेन्द्रसिंह ध्वनीले नटआउट ३ बल खेलेर १ रनमा रोकिए ।

कोलकाताका लागि वैभव अरोराले २ र सुनिल नारायणले १ विकेट लिए ।

यो जितसँगै चेन्नई पाँच खेलमा तीन जितसहित ६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । पहिलो हार खाएको कोलकाता चार खेलमा तीन जित निकाल्दै तालिकाको दोस्रो स्थानमा छ ।

आईपिएल अन्तर्गत मंगलबार साँझ पञ्जाब किंग्स र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : १८ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको