अल हिलाल फाइनलमा, रोनाल्डोलाई रातो कार्ड « Khabarhub

अल हिलाल फाइनलमा, रोनाल्डोलाई रातो कार्ड


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–साउदी सुपर कप फुटबलमा अल हिलाल फाइलनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अल नासरलाई २–१ गोलले हराउँदै अल हिलाल फाइनलमा पुगेको हो ।

अल हिलालका लागि सलिम अल दाब्सरीमाल्कोमले एक–एक गोल गरेका थिए । अल नासरका साडिओ मानेले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा तीनै गोल दोस्रो हाफमा भएका हुन् ।

दोस्रो हाफको ६१औँ मिनेटमा दाब्सरीले गोल गर्दै अल हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ७२औँ  मिनेटमा माल्कोमले टोलीको अग्रतालाई दोब्बर बनाए ।

खेलको ८६औँ मिनेटमा विपक्षी खेलाडीलाई मुक्का प्रहार गरेपछि क्रिस्टियानो रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिए । त्यसपछि अल नासर दश खेलाडीमा सीमित भयो ।

अब फाइनलमा अल हिलाले अल इत्तिहादसँग खेल्नेछ ।

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : २५ बजे

बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्योपचार’ कार्यक्रम

काभ्रेपलाञ्चोक– बेथानचोक गाउँपालिकाले ‘प्राकृतिक स्वास्थ्य उपचार’ (नेचर वेलनेस थेरापी) कार्यक्रम

‘प्रधानमन्त्रीले संसद्‍बाटै झुटो बोले, नेपालले भारतको सीमा मिचेको प्रमाण छैन’

काठमाडौं- सांसदहरूको प्रश्नबाट भाग्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह आइतबार नाटकीय

नेपालले भारतीय भूमि मिचेको भनेपछि बालेनप्रति हर्कको आक्रोश : ‘हुतीहारा’

 काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले अविरल वर्षाका कारण जनतामा परेको समस्या, महँगी

बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

काठमाडौं– बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको