फोहोरमैला व्यवस्थापन राजनीतिक प्राथमिकताको विषय हुनुपर्छ : इयु राजदूत  « Khabarhub

फोहोरमैला व्यवस्थापन राजनीतिक प्राथमिकताको विषय हुनुपर्छ : इयु राजदूत 


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बर्दिबास– युरोपिएन युनियनका राजदूत भेरोनिक लोरेन्जोले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको विषय भएको बताएकी छन् । मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारवालासँगको छलफलमा राजदूत लोरेन्जोले यस्तो बताएकी हुन ।

उनले वातावरण हामी सबैको लागि उतिकै महत्त्वपूर्ण रहेको जोड दिंँदै यसलाई राजनीतिक रूपमा स्थानीय प्राथमिकताको विषय बनाउनु पर्नेमा जोड दिइन ।

उनले भनिन, ´वातावरणलाई राजनीतिक रूपमा पनि प्राथमिक दिनु पर्छ । वातावरणलाई चक्रीय अर्थतन्त्र सँग जोडन सके यसले पर्यावरण संरक्षण सँगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ । `

त्यस्तै, नेपालका लागि जर्मन राजदूत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला व्यवस्थापन क्षेत्रमा कसरी काम गरी रहेको जिज्ञासा राखेका थिए ।

बर्दिबास नगरपालिकाको उपमेयर तारादेवी महतोले नगरपालिकाले फोहोर मैला व्यवस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसन नेपालसँग सहकार्य गरेर अगाडी बढी रहेको बताइन ।

उनले अहिले पनि फोहोर मैला क्षेत्रमा काम भइरहेको जानकारी गराउँदै अझै नीतिगत स्पष्टता सहित दीर्घकालीन व्यवस्थापनमा जोड दिइन ।

स्वेडन (दिल्ली) मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोर मैला व्यवस्थापन विश्वव्यापी समस्या भएको जिकिर गर्दै नीतिगत रूपमा स्पष्ट हुन सके समाधान गर्न कठिन नहुने बताए ।

त्यसैगरी, फ्रान्सका राजदूत ग्लिज बोरबाउ, पियन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित रहेकी थिइन । युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासंग मिलेर ग्रीनशिफ्ट परियोजना संचालन गरिरहेको छ ।

छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका बर्दिबासका नगरपालिका भित्रका चार विद्यालयका प्रधानाध्यापक सहित विधार्थीहरुको सहभागिता रहेको थियो । उक्त विद्यालयमा `क्लाइमेट स्मार्ट स्कुल´ परियोजना सुचारु हुनेछ । जसमा विद्यार्थीहरुले प्लास्टिकजन्य फोहोर मैला व्यवस्थापनको बारेमा जनचेतना र ज्ञान प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : १४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको