भारतमा भएको सवारी दुर्घटनामा सात नेपालीको मृत्यु | Khabarhub Khabarhub

भारतमा भएको सवारी दुर्घटनामा सात नेपालीको मृत्यु


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।

बेतालघाट पुलिस थानाका सब-ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबईका भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।

घटनास्थल वरपर नेपालीहरू सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताए।

गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ‘स्टेट डिजास्टर रेस्पोन्स टिम’समेत खटिएको सब-इन्सपेक्टर अन्सारीले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : १२ बजे

जलविद्युत क्षेत्रको बीमालाई प्रभावकारी र लागत न्यून बनाइने 

काठमाडौं– नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहीबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा

रवीन्द्र ढाँटलाई राष्ट्रपतिले अपमान गरेको भन्दै सिसन बानियाँ आक्रोशित

काठमाडौं- म्याट्रिक्स फाइटर नाइट टाइटल जितेर आएका मिक्स्ड मार्सल आर्ट्स

पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गा उपयोगबारे विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र

जलवायु वित्त परिचालनको कार्यविधिको मस्यौदा तयार

काठमाडौं– सरकारले जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधान गर्ने र अन्तर्राष्ट्रिय

धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी

भादगाउँ– भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी