कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित « Khabarhub

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।

यस अघि आज शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराउँदै आफ्नो माग पुरा नभएसम्म संसद् अगाडि बढाउन नदिने
बताएको थियो ।


प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको