गृहमन्त्रीले राजीनामा दिनुपर्छ : अध्यक्ष लिङदेन | Khabarhub Khabarhub

गृहमन्त्रीले राजीनामा दिनुपर्छ : अध्यक्ष लिङदेन


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब आफूहरूको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् ।

अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउँदै अब आफूहरूले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् ।

उनले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन गरेको बताएका छन् ।

भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

प्रहरीले अहिले सिंहदरबार नजिक पुगिसकेका राप्रपाका प्रदर्शनकारीलाई भद्रकालीतर्फ फिर्ता गरेको थियो ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।       

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : ४१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सातामा ७२ अङ्क घट्यो नेप्से, करेक्सन कि बियरिस ?

काठमाडौँ – यो साता नेपालको शेयर बजारमा भारी गिरावट आएको

शिक्षक महासंघले भाद्रबाट फेरि आन्दोलन गर्ने

काठमाडौं– नेपाल शिक्षक महासंघले भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने

पाकिस्तानमा फेला पर्‍यो हुबहु ट्रम्पजस्तै देखिने भैँसी (भिडियो)*

काठमाडौं– पाकिस्तानमा एउटा सेतो भैँसी फेला परेको छ । सिङसहित

सल्यानमा एक जना मृत अवस्थामा फेला

सल्यान– बनगाड कुपिण्डे नगरपालिका-१ अम्रास्थित भेरी नदीको किनारमा हाल नाम, थर