थाइल्यान्ड म्यान्माबाट भागेका एक लाख मानिसलाई स्वागत गर्न तयार « Khabarhub

थाइल्यान्ड म्यान्माबाट भागेका एक लाख मानिसलाई स्वागत गर्न तयार


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बैंकक– एउटा महत्त्वपूर्ण सीमावर्ती सहर नजिकै लडाइँ तीव्र भएपछि म्यान्माबाट भागरिहेका एक लाख मानिसलाई स्वीकार गर्न थाइल्यान्ड तयार रहेको बैंककका विदेशमन्त्रीले मंगलबार बताएका छन् । 

सन् २०२१ मा जुन्ताले लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्त गरेपछि गृहयुद्धमा फसेको म्यान्माले थाइल्यान्डसँग दुई हजार चार सय किलोमिटर सीमा साझा गर्दछ । 

जुन्ता विरोधी समूहको लडाइँले मुलुकको पहिला शान्तिपूर्ण क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा लिएपछि हालैका महिनाहरूमा म्यान्माको सेनाले अहिलेसम्मको सबैभन्दा ठूलो खतराको सामना गर्नुपरेको छ । 

थाइल्यान्ड राष्ट्रसङ्घीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन र उसले शरणार्थी तथा अन्य आप्रवासीबीच भेद गर्दैन । साताको अन्त्यमा थाई सहर माई सोटको सीमापार म्यावाडी सहर नजिकै जुन्ताविरोधी समूहरूले तीव्र लडाइँ गरेको स्थानीय समाचार थिए ।

थाई-म्यान्माको लामो सीमामा बेलाबेलामा हुने लडाइँमा ठूलो सङ्ख्यामा मानिसहरू फर्किनुअघि अस्थायीरूपमा थाइल्यान्डतिर भाग्ने गर्छन् । विदेशमन्त्री पर्णप्रीले कुनै ‘सामूहिक निकासी’ नभएकाले मानिसहरू सीमापारिबाट आइरहेको बताए। 

यसअघि मंगलबार प्रधानमन्त्री श्रेथा थाभिसिन र उच्चस्तरीय थाई अधिकारीहरूले सीमा मुद्दामा छलफल गर्न भेट गरेका थिए। 

थाइल्यान्डमा अवतरण गर्न र म्यान्माका नागरिकहरूलाई स्वदेश फिर्ता गर्न ‘विशेष’ उडानको अनुमति दिन म्यान्माको जुन्ताले गरेको अनुरोधलाई थाई सरकारले स्वीकार गरेको सोमबार बताएको थियो । 

यद्यपि सन् १९८० को दशकदेखि म्यान्माबाट भागेका हजारौँ मानिसलाई थाइल्यान्डले सीमा नजिकैको अनौपचारिक बस्तीहरूमा बस्ने अनुमति दिएको छ । 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ३ : ४० बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो