कोशी प्रदेश प्रमुखसमक्ष मधेसी आयोगको प्रतिवेदन पेस « Khabarhub

कोशी प्रदेश प्रमुखसमक्ष मधेसी आयोगको प्रतिवेदन पेस


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मोरङ– मधेसी आयोगले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । 

नेपालको संविधानको धारा २९४ एवं मधेसी आयोग ऐन, २०७४ को दफा २२ बमोजिम आयोगकी सदस्य रेनुदेवी साहले आयोगको पाँचौँ वार्षिक प्रतिवेदन आज पेस गरिन्।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले आयोगले पहिचान गरेका समस्या सबैको भएकाले भएकाले यसको समाधान गर्नु हामी सबैको जिम्मेवारी रहेको बताए ।

प्रमुख खापुङले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकताबद्ध बनाउनु लाग्नुपर्नेमा जोड दिए। उनले नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकाले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिबीच एकतालाई बलियो बनाउनु आवश्यकता औँल्याए ।

प्रतिवेदन पेस गर्दै आयोगकी सदस्य साहले १६ जिल्लाका मधेसीको हकहित, धर्म, संस्कृति र न्यायको लागि आयोगले काम गरिरहेको बताउँदै आयोगमा परेका चार सय उजुरीमध्ये दाइजोसम्बन्धी धेरै रहेको जानकारी दिए।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको