गृहमन्त्रीले छानविनको लागि मार्गप्रसस्त गर्नुपर्छ : शशांक कोइराला « Khabarhub

गृहमन्त्रीले छानविनको लागि मार्गप्रसस्त गर्नुपर्छ : शशांक कोइराला


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पदबाट राजीनामा दिएर गृहमन्त्रीले छानविनको लागि मार्गप्रसस्त गर्नुपर्ने बताएका छन् । 

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानविनको वातावरण बनाउनुपर्ने बताएका हुन् । उनले आरोपित भएसम्म रवि लामिछाने पदमा बस्न नमिल्ने बताए । त्यस्तै उनले कांग्रेसले गरेको विरोध प्रतिपक्षीमा बस्नुपरेको आक्रोश नभएको जिकिर गरे ।

त्यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसंगको छलफलमा पनि अवरोध गर्ने चेतावनी कांग्रेसले दिएकाले सूचना टाँस गरेर बैठक रोकिएको बताए । उनले सदनमा अगाडि बढाउन आग्रह गरेपनि कांग्रेसले अस्वीकार गरेको धारणा राखे । गृहमन्त्रीलाई सुन्ने धैर्यता कांग्रेसले राख्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै माओवादी केन्द्रका सांसद राजन दाहालले कांग्रेस जस्तो जिम्मेवार पार्टीले सदनमा अराजनीतिक र गैरजिम्मेवार प्रवृत्ति देखाएको बताए । सहकारी प्रकरणलाई लिएर महिनौँसम्म सदनको काम कारवाही प्रभावित गर्ने काम उचित नभएको उनले बताए । 

कांग्रेसले अवरोध गरेपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको थियो ।

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ५ : ४७ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय