डढेलोमा परी घाइते भएका तीन सैनिकको मृत्यु | Khabarhub Khabarhub

डढेलोमा परी घाइते भएका तीन सैनिकको मृत्यु


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

डोल्पा – डोल्पाको ठूलिभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले जानकारी दिए ।

रावलको उपचारको क्रमबार सोमबार साँझ जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाडौं किर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको प्रजिअ दाहालले बताए । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको काठमाडौँमै उपचार भइरहेको छ ।

मृतक रावलको शव नेपाली सेनाको हेलिकप्टरमा आज जुम्ला पु¥याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनीहरु सोमबार आगो निभाउन गएका थिए । आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ३२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई