विभिन्न स्थानमा तीन जना मृत फेला « Khabarhub

विभिन्न स्थानमा तीन जना मृत फेला


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशमा विभिन्न स्थानमा तीन जना मृत अवस्थमा फेला परेका छन् ।

रूपन्देहीको देवदह नगरपालिका–११ रेहेरास्थित बालाजी पेपर ईन्डष्ट्रीजमा सेक्युरिटी गार्ड काम गर्ने सोही नगरपालिका–१ लक्ष्मीनगर बस्ने ४७ वर्षीय लक्ष्मण कुमार श्रेष्ठ सोही ईन्डष्ट्रिजको शौचालयभित्र मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै कैलालीको टिकापुर नगरपालिका–१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला सोही नगरपालिका–२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता धादिङको गल्छी गाउँपालिका–२ स्थित त्रिशुली नदीको किनारमा थाक्रे गाउँपालिका(३ बेशीलङुङ बस्ने ४१ वर्षीय कृष्णा अधिकारी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको