आईपीएल क्रिकेट : पञ्जावमाथि हैदराबादको रोमाञ्चक जित « Khabarhub

आईपीएल क्रिकेट : पञ्जावमाथि हैदराबादको रोमाञ्चक जित


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबलाई २ रनले हराउँदै हैदराबादले जित निकालेको हो ।

हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो ।

पञ्जाबका शशांक सिंहले सर्वाधिक ४६ रन जोडे । यस्तै, आशुतोष शर्माले ३३, सैम करनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ तथा शिखर धवनले १४ रन बनाए ।

हैदराबादका धुवनेश्वर कुमारले दुई तथा पैट कमिन्स, थंगारसु नटराजन, नितिशकुमार रेड्डी रजदेव उनादकटले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले  निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।

हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ६४ रन बनाए । यस्तै, अब्दुल समदले २५, ट्राभिस हेडले २१, अभिषेक शर्माले १६, शहवाज अहमेदले १४  तथा राहुल त्रिपाठीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पञ्जाबका आर्शदीप सिंहले सर्वाधिक चार, सैम करन र हर्ष पटेलले दुई–दुई तथा कगिसो रबाडाले १ विकेट लिए ।

जारी खेलमा ५ खेल खेलेको हैदराबाद ६ अंकसहित पाँचौँ स्थानमा छ भने समान खेल खेलेको पञ्जाब ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : ३४ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा