सीमाको समस्या समाधानमा ठोस पहल आवश्यक : सीमाविद् श्रेष्ठ « Khabarhub

सीमाको समस्या समाधानमा ठोस पहल आवश्यक : सीमाविद् श्रेष्ठ


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– सीमाविद् बुद्धिनारायण श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने धारणा राखेका छन् । 

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा आज आयोजित कार्यक्रममा यसवर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कारबाट सम्मानित भएपछि उनले छिमेकी देशसँग नेपालको सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । 

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा केशरजङ बरालले उनलाई पुरस्कार प्रदान गरे । देशको सीमासम्बन्धी खोज अनुसन्धान तथा  जागरणमा विषेश योगदान पुर्‍याएबापत सीमाविद् श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिएको हो । 

लामो समय अन्तर्राष्ट्रिय सीमासम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न श्रेष्ठले छिमेकी मुलुकसँगको सीमा विवाद यथासक्य छिटो समाधान गर्नुपर्ने समेत बताए। 

सो अवसरमा उपकुलपति बरालले देशको सीमा र त्यसका विविध पक्षबारे सबैभन्दा जानकार सीमाविद् श्रेष्ठ नै भएको बताए । कुनै पनि नागरिकलाई आफ्नो देश चिन्न सीमाविद् श्रेष्ठकै अनुसन्धानले मद्दत गर्ने भएकोले दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार योग्य व्यक्तित्वले पाएको उनको भनाइ थियो । 

इतिहास, संस्कृति र ज्योतिष क्षेत्रका सर्जक स्व दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६३ सालमा स्थापित यो पुरस्कार हालसम्म ज्ञानमणि नेपाल, प्राध्यापक दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेश राज शर्मा, मदमणि दीक्षित, मोदनाथ प्रश्रित, जगमान गुरुङलगायतका प्रतिभालाई प्रदान गरिसकिएको छ । 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ४८ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय