धोवीखोलाको सरसफाइ (फोटो फिचर)  « Khabarhub

धोवीखोलाको सरसफाइ (फोटो फिचर) 


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरियो ज्याकेट लगाएर मान्छेहरू खोलामै पसेर काम गरिरहेको दृश्य अहिले सेतो पुल देखि एक टोली र अनामनगर देखि माथि एक टोली देख्न सकिन्छ । गत चैत १८ गते देखि धोवीखोला अथवा रुद्रमती र बागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको थियो । श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो ।

सफाइ हरेक दिन बिहान ७ बजेदेखि अपराह्न २ बजेसम्म हुनेछ । पहिलो चरण अन्तर्गत खोलाको फोहोर उठाएर छेउ मा जम्मा गर्दै आएको छ । फोहोर पूर्ण रूपमा जम्मा गरिसकेपछि डोजर लगाएर फोहोर झिकिने छ ।

काठमाडौँमा मुख्य ९ वटा नदी छन् । सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ । यी मध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।

तस्बिरमा हेर्नुहाेस्: 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : १४ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको