कश्मीरका लागि अन्तिम थोपा रगत रहेसम्म लड्छौं– पाकिस्तानी प्रधानमन्त्री खान « Khabarhub

कश्मीरका लागि अन्तिम थोपा रगत रहेसम्म लड्छौं– पाकिस्तानी प्रधानमन्त्री खान


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरका लागि अन्तिम थोपा रगत बाँकी रहेसम्म लड्ने बताएका छन् ।

प्रधानमन्त्री खानले भारतीय प्रशासनमा रहेको कश्मीरी भूमिमा भारतले जातीय नरसंहार गरिरहेको समेत आरोप लगाए । पाकिस्तानको संसद्मा बोल्दै उनले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हिटलरको नेतृत्वमा रहेको नाजी जर्मनीसँग तुलना समेत गरे । उनले भने ‘यो केही गर्नैपर्ने समय हो ।’

सम्बोधनका क्रममा उनले पाकिस्तान कश्मीरका लागि अन्तम थोपा रगत बाँकी रहेसम्म लडिरहने समत उद्घोष गरे ।

भारतले जम्मू कश्मीर राज्यलाई दिएको विशेष राज्यका मान्यता खारेज गरेपछि प्रधानमन्त्री खानको यस्तो भनाइ आएको हो । पाकिस्तान र भारत दुबै मुलुकले कश्मीरमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

कश्मीरकै विषयलाई लिएर दुई मुलुकबीच दुईपटक युद्ध भइसकेको छ । भारतको पछिल्लो कदमपछि दुई मुलुकबीचको सम्बन्ध नराम्ररी बिग्रिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  २ : २५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने