सीप सिकेर लघुउद्यम सञ्चालन गर्दै महिला « Khabarhub

सीप सिकेर लघुउद्यम सञ्चालन गर्दै महिला


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागजुङको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो ।

गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाले झोला, सल, सुइटर, टोपी बनाएका छन् । महिला कल्याण आमा समूहमा आबद्ध भएर उनीहरू उद्यममा लागेका हुन् ।

गाउँपालिकाले दिएको तालिमले आफूहरूको दैनिकी बदलिएको स्थानीय जुनुमाया घर्ती मगरले बताइन् । बिहान–बेलुका घरको काम धन्दा गर्ने र दिउँसो कपडा बुन्ने उनले बताइन् ।

उनले भनिन्, ‘एक्लैभन्दा समूहमा काम गर्दा फाइदा हुन्छ, अहिले गाउँका दिदीबहिनी मिलेर उद्यम गरेका छौँ, हाम्रो आर्थिक अवस्थामा सुधार आएको छ, सेवाग्राहीको मागअनुसार उत्पादन पनि बढाएका छौँ ।’

वडा नम्बर २ को लघुउद्यमी महिला समूहले झोला उत्पादन गर्दै आएको छ । वडा नम्बर ५ को खुङ्खानीका महिला समूहले सिस्नोको पाउडर, बोङगाखानी लघुउद्यम आमा समूहले भेडाको ऊनबाट काम्लो उत्पादन गरी बजारीकरण गर्दै आएको छ ।

वडा नम्बर १ को सिर्जनशील लघुउद्यमी समूहले साबुन सरफलगायत सामग्री उत्पादन गर्दै आएको छ । स्थानीय स्रोत साधनको प्रयोगबाट आफूहरू उद्यममा लागेको माया विकले बताइन् । विगतमा घाँस–दाउरा र पशुपालनमा व्यस्त उनी अहिले साबुन उत्पादनमा तल्लीन छिन् ।

महिलाले उत्पादन गरेका सामग्री प्रवर्द्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

गाउँपालिकाले वडा नम्बर ३ मा महिला उद्यमीका लागि भवन निर्माण गरिसकेको र उनीहरूले उत्पादन गरेको खादा, दोसल्लालगायत सामग्री गाउँपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रयोग हुने गरेको उनले जानकारी दिए । उत्पादित सामग्री  बजारसम्म पुर्‍याउन ढुवानीको व्यवस्था गरिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ८ : ४२ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी