वायु प्रदूषणको असरबाट कसरी बच्ने ? | Khabarhub Khabarhub

वायु प्रदूषणको असरबाट कसरी बच्ने ?


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्ला केही वर्ष यता देशको राजधानी काठमाडौँसहित प्रमुख शहरमा वायु प्रदूषण बढ्दै गएको छ । जसका कारण विभिन्न रोग र सङ्क्रमणको जोखिम समेत बढेको छ ।

वायु प्रदूषण बढ्दा बाहिर निस्कँदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्ने लगायतका समस्या देखा पर्दछन् । यस्तोमा बाहिर निस्कँदा अनिवार्य मास्क लगाउने तथा कामबिना बाहिर निस्कनु हुँदैन ।

वायु प्रदूषण बढ्नुका मुख्य कारणहरू
– अत्यधिक सवारी साधनको प्रयोग
– पुराना सवारी साधन विस्थापित गर्न नसक्नु
– सवारीका धुवाँ धुलोलाई नियन्त्रण नगरिनु
– जथाभावी फोहोरमैला फाल्नु
– मानव बस्ती नजिकै कलकारखाना हुनु
– कीटनाशक औषधिको प्रयोग बढ्नु
– बढ्दो सहरीकरण
– आगलागीका घटना बढ्नु

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरू
– एलर्जी हुने
– रुघाखोकी लाग्ने
– फोक्सोमा प्रत्यक्ष असर
– आँखामा असर, आँखा पोल्ने, चिलाउने
– निमोनिया
– घाँटीको क्यान्सर

वायु प्रदूषणबाट बच्ने उपायहरू
– मानव बस्ती वरिपरि धुँवाजन्य पदार्थहरू नजलाउने अर्थात् कलकारखाना तथा उद्योगभन्दा मानव बस्तीबाट टाढा राख्ने
– विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा विशेष जोड दिने
– ढल निकासको उचित व्यवस्था गर्ने
– व्यवस्थित शहरीकरणको विकास गर्ने
– खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ९ : २२ बजे

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने

खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद