वायु प्रदूषणको असरबाट कसरी बच्ने ? « Khabarhub

वायु प्रदूषणको असरबाट कसरी बच्ने ?


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्ला केही वर्ष यता देशको राजधानी काठमाडौँसहित प्रमुख शहरमा वायु प्रदूषण बढ्दै गएको छ । जसका कारण विभिन्न रोग र सङ्क्रमणको जोखिम समेत बढेको छ ।

वायु प्रदूषण बढ्दा बाहिर निस्कँदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्ने लगायतका समस्या देखा पर्दछन् । यस्तोमा बाहिर निस्कँदा अनिवार्य मास्क लगाउने तथा कामबिना बाहिर निस्कनु हुँदैन ।

वायु प्रदूषण बढ्नुका मुख्य कारणहरू
– अत्यधिक सवारी साधनको प्रयोग
– पुराना सवारी साधन विस्थापित गर्न नसक्नु
– सवारीका धुवाँ धुलोलाई नियन्त्रण नगरिनु
– जथाभावी फोहोरमैला फाल्नु
– मानव बस्ती नजिकै कलकारखाना हुनु
– कीटनाशक औषधिको प्रयोग बढ्नु
– बढ्दो सहरीकरण
– आगलागीका घटना बढ्नु

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरू
– एलर्जी हुने
– रुघाखोकी लाग्ने
– फोक्सोमा प्रत्यक्ष असर
– आँखामा असर, आँखा पोल्ने, चिलाउने
– निमोनिया
– घाँटीको क्यान्सर

वायु प्रदूषणबाट बच्ने उपायहरू
– मानव बस्ती वरिपरि धुँवाजन्य पदार्थहरू नजलाउने अर्थात् कलकारखाना तथा उद्योगभन्दा मानव बस्तीबाट टाढा राख्ने
– विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा विशेष जोड दिने
– ढल निकासको उचित व्यवस्था गर्ने
– व्यवस्थित शहरीकरणको विकास गर्ने
– खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ९ : २२ बजे

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर