साफ यु–१५ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्ने | Khabarhub Khabarhub

साफ यु–१५ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्ने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ यु–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

आगामी अक्टोबर ९ देखि १५ सम्म भुटानमा चल्ने प्रतियोगितामा नेपालले प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग खेल्ने पक्का भएको हो । साफ महिला च्याम्पियनसिपमा नेपालसहित भुटान, भारत र बंगलादेश रहेका छन् ।

पहिलो खेल भारतसँग अक्टोबर ९ मा खेल्ने नेपालले दोस्रो ११ तारिखमा बंगलादेशसँग खेल्नेछ भने तेस्रो तथा प्रतियोगिताको अन्तिम खेल १३ तारिखमा घरेलु टोली भुटानसँग खेल्नेछ ।

लिग चरणका शिर्ष दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । दक्षिण एसियामा नेपालभन्दा तुलनात्मक रुपमा बलियो भारतसँग  नेपाल पहिलो खेलमै प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  २ : ५० बजे

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

कञ्चनपुर– जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन्

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा

भेटिन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

गुलरिया– मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको

बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ