लोकतन्त्रमाथि धावा बोल्ने प्रवृत्तिलाई जनताले पराजित गर्छन्’ | Khabarhub Khabarhub

लोकतन्त्रमाथि धावा बोल्ने प्रवृत्तिलाई जनताले पराजित गर्छन्’


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको त्याग, बलिदानी र सङ्घर्षबाट प्राप्त लोकतन्त्रमाथि पछिल्लो समय अराजक तत्त्वहरूले धावा बोल्न खोजिरहेको आरोप लगाएका छन्।

आज काठमाडौँको महाराजगन्जमा जनसम्पर्क समितिहरूसँग उपनिर्वाचनको तयारीका बारेमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतन्त्रले आफ्नो लय समात्न नसकोस् भन्ने चाहना भएकाहरूले लोकतन्त्रका पद्धति र सैद्धान्तिक पक्षमाथि धावा बोल्ने काम गरिरहेको आरोप लगाए।

जनताले आफैँले स्थापित गरेको लोकतान्त्रिक प्रणालीको संस्थागत विकास गर्नका लागि अब जनता स्वयम् लड्ने बेला आएको महरले बताए। त्यसका लागि आसन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराएर लोकतन्त्र विरोधीहरूलाई परास्त गर्नुपर्ने उनको भनाइ थियो ।

जनताको साथ लोकतन्त्र र कांग्रेसलाई रहनेमा उनले विश्वस्त व्यक्त गरे । उनले भने, लोकतन्त्रभित्र नै पहिचान, समावेशिता र समानुपातिक सहभागिता छ। लोकतन्त्र भनेको नै पहिचान हो। संघीय समावेशी लोकतन्त्रिक गणतन्त्र सहितको संविधान निर्माणको नेतृत्वकर्ता कांग्रेस हो। त्यसैले लोकतन्त्रको जितका लागि कांग्रेसको जित आवश्यक छ।’

नयाँ आएका राजनीतिक दलको पनि परिस्थिति र चरित्र हेर्दा उनीहरू लोकतन्त्रप्रति प्रतिबद्ध नदेखिएको महरको आरोप छ। उनले कुनै स्पष्ट उद्देश्य र मार्ग नभएका कारण लोकतान्त्रिक व्यवस्था खत्तम हुँदा उनीहरू त्यसमा रमाउने खालका देखिएको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ११ : ५५ बजे

कृषि विकास बैंकको नाफा बढ्यो

काठमाडौं– कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्ष (आव) ०८०-८१ को

गाजा कब्जा योजनाविरुद्ध इजरायलमा व्यापक प्रदर्शन

एजेन्सी – गाजापट्टी कब्जा गर्ने इजरायली सरकारको योजनविरुद्ध जेरुसेलममा प्रदर्शन

काठमाडौं उपत्यकामा गाईजात्राको राैनक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा आज गाईजात्रा पर्व मनाइँदै

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा

रासायनिक मल सहज रूपमा उपलब्ध गराउन मन्त्रालय क्रियाशील

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन