नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै « Khabarhub

नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ ।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेको चार करोड ५२ लाख १७ हजार आठ सय ३८ को लागतमा थालिएको भवन अहिले निर्माणाधीन रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. गीता रेग्मीले जानकारी दिइन् ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ स्थित रानीतलाउ नजिकै निर्माणधीन पञ्चकर्म भवनलाई १५ शैय्याकाे आयुर्वेद अस्पतालका रुपमा विकास गर्ने लक्ष्य  छ ।

सम्झौताअनुसार आगामी वैशाख ५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य  छ । ‘पञ्चकर्मका सबै विधिमा उपचार गर्न धेरै कक्ष आवश्यक पर्छन्’, उनले भनिन् ।

हाल केन्द्रले बिरामी परीक्षण, जीवनशैलीसँग सम्बन्धित परामर्श, भान्सा सुधार कार्यक्रम, शिक्षकलाई आयुर्वेद योग शिक्षालगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उनले आयुर्वेदप्रतिको विश्वास बढ्दै गएको बताइन् ।

रेग्मीले सीमित जनशक्तिबाट धेरै काम गर्न परेको अनुभव सुनाउँदै सात जनाको दरबन्दी रहेकामा दुई जना मात्रै स्थायी जनशक्ति भएको बताइन् ।

उनले १५ शैय्याकाे पञ्चकर्म भवन निर्माण भएपछि जनशक्ति पनि बढ्ने विश्वास व्यक्त गर्दै अहिले पनि २०४५ सालमा स्वीकृत जनशक्तिले काम गरिरहेको उल्लेख गरिन् ।

थेरापीमा आकर्षण बढ्दै
बाँकेमा सञ्चालित विभिन्न आयुर्वेद स्वास्थ्य केन्द्रमा विभिन्न थेरापी लिनेको सङ्ख्या पनि बढिरहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा पूर्व पञ्चकर्म सेवा दुई हजार नौ सय १० ले लिएका छन् ।

ज्येष्ठ नागरिकतर्फ ९ सय २७ ले सेवा लिएका छन् । योग सेवा लिनेको सङ्ख्या दुई हजार दुई सय ८७ रहेको छ । दूध खुवाउने छ सय ३५ आमाले सेवा प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  १२ : ०९ बजे

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा

शैक्षिक परामर्श व्यवसाय व्यवस्थित बनाउन नयाँ नियमावली तत्काल जारी गर्नुपर्नेमा जोड

काठमाडौं- शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रस्तावित