छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत् महसुल तिरिदिने | Khabarhub Khabarhub

छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत् महसुल तिरिदिने


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिर्ने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्याउने निर्णय गरेको हो।

४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दै आएका थिए । यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो रहँदै आएको थियो ।

कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए  । गएको असार ७ गते सम्पन्न १० औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल पचास प्रतिशत  गाउँपालिकाले तिरिदिने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए ।

यो निर्णयबाट सम्पूर्ण किसान लाभान्वित हुने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चौधरी भने, ‘कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले साथै खेतिप्रति किसानको आकर्षणसमेत बढ्ने छ ।’

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  १२ : २३ बजे

प्रतिनिधि सभा बैठक, कांग्रेस सांसदले नाराबाजी गर्दै वेल घेराउ गरे

काठमाडौं- लामो विवाद र गलफत्तीबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ

काेशीमा संघीयता कार्यान्वयन परीक्षणकालमै छ : सभामुख बिष्ट

विराटनगर – प्रदेश सभाका सभामुख अमर बिष्टले संघीयता कार्यान्वयनमा अहिले

कांग्रेसको आरोप : सत्ता पक्षका नेता बाटोमै कुरा फेर्न थाले, एमालेले चलखेल गर्‍यो

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले सत्ता पक्षीय दलहरूले बाटोमै

सहकारी प्रकरणमा बन्धक संसद् : छानबिन समितिको कार्यादेशमा कुरो नमिल्दा भाँडियो सहमति

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्ष सहकारी ठगी प्रकरणमा संसदीय