चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ । भरतपुर-माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मंगलबारदेखि मर्मत गर्न थालिएको हो । 

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम थालेको बताए।

चैतेदसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्जभित्र लाग्ने विक्रम बाबाको मेला पनि सुरु भइसकेको छ । उनले माडीका बासिन्दालाई मेला आउनका लागि सडक मर्मतपछि सहज हुने बताए । हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ । 

निकुञ्जभित्रको बाटो कालोपत्र गर्न नगरपालिकाले निरन्तर पहल गर्दै आएको छ । निकुञ्जको कानुनी अड्चनका कारण यो सडक कालोपत्र हुनसकेको छैन । यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने गर्छन् ।    

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  १२ : २५ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको