प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित | Khabarhub Khabarhub

प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । 

साहित्यिक पत्रकार सङ्घले आज बस्नेतलाई ‘हिमडमरु’को उपाधिसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ घट्दै गएकाले समग्र पर्या–पर्यटनमा ठूलो क्षति पुगेको बताए। यसको असर न्यूनीकरणका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै सङ्घले बस्नेतलाई सम्मान गरेको हो । वरिष्ठ साहित्यकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान गरेका थिए । 

बस्नेतलाई हिमाली क्षेत्रको कठिन पदयात्रा गर्दै अध्ययन गरेको, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे हिँडेरै तयार पारेको वृत्तचित्रसमेत निर्माण गरेको साथै हिमाल जोगाउन २५ वर्षदेखि योगदान गरेको भन्दै सम्मान गरिएको आयोजकले जनाएका थिए । 

साहित्यकार घिमिरेले अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रमार्फत लामो समयदेखि समृद्धिका पक्षमा काम गरेकोमा प्रशंसा गरे । सगरमाथा आरोही शेर्पाले हिमाली क्षेत्रमा बस्नेतको अध्ययन रुचिबारे आफूले २४ वर्षदेखि सँगै रहेर काम गरेको अनुभव सुनाए। 

सङ्घका अध्यक्ष राधेश्याम लेकालीले भाषा, साहित्य, सम्पदा, संस्कृति जोगिएमात्र राष्ट्रसमुन्नति हुने भएकाले पत्रकारिताको ध्यान त्यसतर्फ जानुपर्ने बताए। 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ५ : २९ बजे

छोरीहरूले काजकिरिया गरेको भन्दै काभ्रेमा सामाजिक बहिष्कारको धम्की

काभ्रे– मरेपछि बैतर्नी तर्न छोराले काजकिरिया गर्नुपर्ने रुढीवादी परम्परा विस्तारै

संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रद्वारा प्यालेस्टाइनलाई मान्यता दिने तयारी

पेरिस- संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रहरूले छिटै प्यालेस्टिनी राज्यलाई मान्यता

हरियाली सामुदायिक वन उपभोक्ता समूह राष्ट्रिय पुरस्कारबाट पुरस्कृत

काठमाडौं– वन तथा वातावरण मन्त्रालयअन्तगर्तको वन तथा भूसंरक्षण विभागले कञ्चनपुरको

नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि