ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने « Khabarhub

ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने भएको छ । 

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालन गर्ने जानकारी दिएका हुन् । 

जिल्ला प्रशासन कार्यालयले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्ने उनीहरूले जनाएका छन् । आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई अघि बढाउन पूर्णकालीन व्यवसाय सुरु गर्न लागिएको र यसमा सरकारको धेरै साथ र सहयोग प्राप्त भएको उनीहरूको भनाइ छ । 

ठमेलको भगवान बहाल क्षेत्रभित्रका व्यवसायीहरूले भने पूर्णकालीन व्यवसाय सञ्चालन गर्न पाउनेछैनन् ।

पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पूर्णकालीन व्यवसायका कारण आर्थिक गतिविधि चलायमान हुने र थप रोजगारी सिर्जना हुने बताए । ठमेलमा ६० हजारले रोजगारी पाएको र धेरै परिवार यसमा आश्रित रहेको भन्दै उनले सरकारले बनाएको आचारसंहिता अनुसार व्यवसाय सञ्चालन गर्ने धारणा राखे ।

त्यस्तै दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले पूर्णकालीन व्यवसाय सञ्चालन हुँदा साना साना व्यापारीहरूलाई व्यवसायको थप वातावरण बनेको बताए । उनले पूर्णकालीन व्यवसायका लागि आवश्यक सुरक्षा लगायतका विषयमा सरकारले प्रतिवद्धता जनाएको जिकिर गरे ।

ठमेल र दरबारमार्ग लगायतका क्षेत्रमा पूर्णकालीन व्यवसाय गर्ने विषयमा यसअघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरोकारवाला निकायसँग छलफल गरेका थिए । प्रहरीले पनि ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ५ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको