जिरी आनुवांशिक स्रोत केन्द्रबाट दैनिक चारसय लिटर दूध उत्पादन  « Khabarhub

जिरी आनुवांशिक स्रोत केन्द्रबाट दैनिक चारसय लिटर दूध उत्पादन 


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

दोलखा– गाई आनुवांशिक स्रोत केन्द्र जिरी दैनिक चारसय लिटर दूध उत्पादन गर्दै आएको छ। यस स्रोत केन्द्रले दूध बिक्रीबाटै लाखौं आम्दानी लिनेगरेको छ।

उन्नत जातका विदेशी सहित फार्ममा एक सय २० वटा गाई तथा साँढे रहेको कार्यालय प्रमुख डा. गोपाल गिरीले जानकारी दिए।

कार्यालय प्रमुख डा.गिरीका अनुसार दैनिक उत्पादन हुँदै आएको दूध सदरमुकाम चरिकोटका होटलहरूमा खपत हुँदै आएको छ। आनुवांशिक स्रोत केन्द्र जिरीमा चारवटा कोरिएन गाई सहित एक सय २० वटा उन्नत जातका जर्सी र होलिस्टन जातका गाईहरू रहेका छन्।

कोरियाबाट ल्याइएका चारवटा गाई मध्ये एउटा ब्याउने जेठ ब्याउने छ। उक्त गाई ब्याएपछि दूध उत्पादन वृद्धि हुने छ। होलिस्टन जातको उक्त गाईले एक पटकमा ४० लिटरसम्म दूध दिने हुँदा उत्पादन वृद्धि हुने छ।

कार्यालय गत वर्षको भन्दा यस वर्ष आन्तरिक आम्दानी पनि वृद्धि हुने जनाएको छ। गत वर्ष ८९ लाख आन्तरिक आम्दानी गरेको केन्द्रले यस वर्ष एक करोड भन्दा बढी आन्तरिक आम्दानी गर्ने अनुमान गरेको कार्यालय प्रमुख डा. गिरीले बताए। केन्द्रले गत माघमा १८ वटा उन्नतजातको गाई तथा साँढे बिक्रीबाट ८ लाख ४४ हजार आम्दानी गरेको जनाएको छ।

आफ्नै चरण क्षेत्र रहेको यस केन्द्रमा गाईको आहारको लागि विभिन्न किसिमको घाँससमेत लगाइएको छ। २०७५ सालसम्म जिरी पशु विकास फार्मको रूपमा रहेको उक्त फार्मलाई त्यसपछि भने, गाई आनुवांशिक केन्द्रको रूपमा विकास गरिएको थियो।

 विशेषगरी जर्सी गाईको उन्नत नश्लका बाच्छाबाच्छी उत्पादन गर्ने गरिएको जिरी गाई आनुवंशिक केन्द्रले जनाएको छ। स्रोत केन्द्रमा गाईको जेनेटिक लगायतका सबै अध्ययन, अनुसन्धान र नश्ल सुधार लगायतका काम गरिनेछ। आनुवांशिक स्रोत केन्द्रमा सरकारको पशु सेवा विभागअन्तर्गत गाई, बंगुर लगायतका पशुको अध्ययन, अनुसन्धान र नश्ल सुधारको काम हुने  स्रोत केन्द्रले जनाएको छ। 

केन्द्रले उन्नत जातका बंगुरका पाठापाठी पनि उत्पादन गर्ने गरेको छ। स्रोत केन्द्रमा ड्यूरेक, योर्कसायर, लेन्डरेस जातका बंगुरका शुद्ध नश्लका पाठा पाठी उत्पादन हुने गरेको छ। दूध तथा मासुका लागि पालिने जनावरलाई सुख्खा महिनामा अत्यन्तै लाभकारी मानिने पोषणयुक्त जमारे घाँस लगाइएको छ। गाईको लागि चरण क्षेत्र प्राप्त रहेको समेत कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ७ : २७ बजे

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर