ललितपुर महानगरपालिकामा अब वातावरण प्रहरी « Khabarhub

ललितपुर महानगरपालिकामा अब वातावरण प्रहरी


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले वातावरण प्रहरी राख्ने भएको छ । ललितपुर महानगर र यूएसएड स्वच्छ हावाको सहकार्यमा आजदेखि वातावरण प्रहरी सम्बन्धी तालिम शुरू गरेको हो। 

सो तालिमको समुद्घाटन गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरी बल भन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागी वातावरण प्रहरीको भूमिका निभाउन आग्रह गरेका छन् । 

पहिलो चरणमा वातावरण प्रहरीको तालिम १५ जनालाई दिइने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले बताए । तीनदिन चल्ने तालिममा वातावरण सम्बन्धी विद्यमान ऐन कानून, फोहरमैला व्यवस्थापन, बोट बिरुवा संरक्षण तथा व्यवस्थापन विधि र वायु प्रदूषण चुनौतीलगायत समेटिने बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ८ : ०२ बजे

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा