घरेलु मैदानमा लिभरपुलको लज्जास्पद हार « Khabarhub

घरेलु मैदानमा लिभरपुलको लज्जास्पद हार


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रिमियर लिग क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ ।

गएराती सम्पन्न युरोपा लिगको क्वाटरफाइनलको पहिलो लिगमा एटलान्टाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलान्टाको जितमा गियानलुका स्कामकाले २ गोल गरेका थिए भने मारियो पासालिकले एक गोल गरेका थिए । घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको लिभरपुलले अब दोस्रो लिग भने एटलान्टाको मैदानमा अप्रिल १९ मा खेल्ने छ ।

त्यस्तै गएराती नै सम्पन्न क्वाटरफाइनलको पहिलो लिगका अन्य खेलमा एस रोमाले एसी मिलानलाई १-० गोल अन्तरले पराजित गरेको छ भने मार्सेलीले बेनिफिकालाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लिभर कुसेनले वेस्टह्यामलाई २-० ले पराजित गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : ५४ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा