एसीसी प्रिमियर कप: नेपालको विजयी सुरुवात, मलेसिया ५ विकेटले पराजित | Khabarhub Khabarhub

एसीसी प्रिमियर कप: नेपालको विजयी सुरुवात, मलेसिया ५ विकेटले पराजित


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले २४ बलमा तीन चौकासहित २४ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए । सात बलको सामना गरेका गुल्सन झाले दुई छक्का र एक चौकासहित १९ रन बनाए ।

त्यस्तै कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए । सन्दीप जोारा १२ रनमा नट आउट रहे ।

मलेसियाका लागि विरनदीप सिंहले ३ तथा मोहम्मद वाफिक र पवनदीप सिंहले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियाे । मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

नेपाली बलर दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

जितसँगै नेपालले समुह ए मा २ अंक जाडेकाे छ । अब नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल अप्रिलमा १५ हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियासँग खेल्ने छ ।

समुह चरणका खेलपछि दुवै समुहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुने छ । प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : २३ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका