बायर्न म्युनिखले गर्यो २३ गोल, पाँच खेलाडीले गरे ह्याट्रिक | Khabarhub Khabarhub

बायर्न म्युनिखले गर्यो २३ गोल, पाँच खेलाडीले गरे ह्याट्रिक


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनको लिग वान क्लब बायर्न म्युनिखले प्रि–सिजनको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एफसी रोट्याग एगर्नमाथि गोलको बर्षा गरेको छ ।

बायर्नले रोट्याग एगर्नलाई बिहीबार राति भएको खेलमा २३–० गोल अन्तरले पराजित गरेको हो । रोट्यागविरुद्ध बार्यनले जीत हात पार्दा पाँच खेलाडीले ह्याट्रिक पूरा गरे ।

खेलको छैठौँ मिनेटमा रेनाटो सान्चेजको गोलबाट अग्रता बनाएको बायर्नले त्यसपछि लगातार गोल गर्दै जाँदा पहिलो हाफमा ११ गोल गरेको थियो भने दोस्रो हाफमा बायर्नले १२ गोल गर्दै रोट्यागविरुद्ध शानदार जीत हात पार्यो ।

बार्यनका लागि रोबर्ट लेवान्डोस्की, थोमस मुलर, वेकएरे वेरिड र लियोन गोर्तेज्काले ह्याट्रिक गरे। टोलिसोले चार गोल गरे। यस्तै सान्चेजले दुई, लियोन डाजाकुले एक, सरप्रित सिंहले एक र नोलेनबर्गरले एक गोल गरे।

७३ औँ मिनेटमा एक गोल आत्मघाती भएको थियो ।

म्युनिख नजिकैको क्लब रोट्याग एगर्न जर्मन चौथो डिभिजनको क्लब हो। यसअघि पनि बायर्नसँगैको मैत्रीपूर्ण खेलमा रोट्याग एगर्न २०–२ ले पराजित भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : २६ बजे

भेटिन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

गुलरिया– मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको

बत्तीसपुतलीमा संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि…

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१