एमाले बागलुङको अध्यक्षमा ​​​​​​​हिराबहादुर केसी  « Khabarhub

एमाले बागलुङको अध्यक्षमा ​​​​​​​हिराबहादुर केसी 


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन्।

निर्वाचन संयोजक डा डिल्लीराज गौतमका अनुसार एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन्  । साथै उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत भए। यसअघि सचिव रहेका भुसाल नवौँ जिल्ला अधिवेशनमा समेत सर्वसम्मत भएका थिए ।

सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ । सचिवमा सर्वसम्मतको प्रयास भइरहेको छ । उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन भएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ६ : ०५ बजे

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

एजेन्सी– इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर–शत्रुतापूर्ण’ तेल ट्यांकरहरूलाई आवतजावत

सरकार गठन विषयमा बालेन-रविबीच छलफल जारी, दोस्रो तहका नेता बेखबर

काठमाडौं– सरकार गठनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

एजेन्सी– अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५

नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

काठमाडौं– नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा