काठमाडौँ महानगरका सार्वजनिक पर्खालमा भित्ते चित्र | Khabarhub Khabarhub

काठमाडौँ महानगरका सार्वजनिक पर्खालमा भित्ते चित्र


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाभित्र चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम थालिएको छ ।

महानगरपालिका र ललित कला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखन थालिएको हो । यसका लागि २०८० साल फागुन १७ गते सम्झौता भएको थियो ।

सम्झौता बमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो ।

अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरू, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरूमा चित्र कोरिने छ ।

चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा बिम्बित हुने चित्र कोरिने छन् ।

मौलिकताका लागि कोरिने चित्रहरूमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा, वादन, काठमाडौँ चिनिने भौतिक सम्पदा हुनेछन् ।

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ ।

चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्विर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै बस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा राखेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ९ : १४ बजे

विद्यार्थी तथा कर्मचारीलाई मतदाता परिचयपत्र दर्ता विद्यालयमै सुरु

काठमाडौं– मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एम्आइटी) ले मतदाता परिचयपत्र दर्ता

चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि

बेइजिङ– चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९

सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा

‘जेन-जी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण गरियो 

काठमाडौं– सरकारले ‘जेन-जी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण