सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहितको सहमति « Khabarhub

सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहितको सहमति


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तीव्र गतिमा बढेको छ । आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ ।

प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो ।  कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको दाबी गरिएको छ ।

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहकाबीच सहमति भएको हो ।

सुदूरपश्चिममा काँग्रेसका १८, एकीकृत समाजवादीका चार र र नाउपाको रेशम चौधरी पक्षका चार सांसद छन् । यो सहमतिपछि सुदूरपश्चिममा बहुमतको लागि आवश्यक २६ मत पुग्ने भएको छ ।

यद्यपी केन्द्रको नयाँसमीकरणका दलहरुबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान थियो । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले नयाँ एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग नयाँ सहमति गरेको हो ।

५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य कायम रहेका छन् । सुदूरपश्चिमका एक सांसदको निधन भएको छ भने नाउपाले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपाची ५१ सदस्य रहेका छन् । यस अवस्थामा सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ ।

प्रदेश प्रमुखले सरकार गठनको दाबी गर्न आज अपराहन्न ५ बजेसम्मको समय दिएका छन् । यस अघि सुदूरपश्चिममा नाउपा भित्रको विवादले थप राजनीतिक घटनाक्रम विकसित हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १ : ५५ बजे

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

महासंघको साधारणसभामा चन्द्रका छोरा सचिनले ल्याए सबैभन्दा धेरै मत, कसको कति (सूचीसहित)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व