रोट्याग एगर्नविरुद्ध बार्यनको २३ गोल « Khabarhub

रोट्याग एगर्नविरुद्ध बार्यनको २३ गोल


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनको लिग वान क्लब बायर्न म्युनिखले प्रि–सिजनको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एफसी रोट्याग एगर्नमाथि गोलको बर्षा गरेको छ । बायर्नले रोट्याग एगर्नलाई बिहीबार राति भएको खेलमा २३–० गोल अन्तरले पराजित गरेको हो ।

रोट्यागविरुद्ध बार्यनले जीत हात पार्दा पाँच खेलाडीले ह्याट्रिक पूरा गरे । खेलको छैठौँ मिनेटमा रेनाटो सान्चेजको गोलबाट अग्रता बनाएको बायर्नले त्यसपछि लगातार गोल गर्दै जाँदा पहिलो हाफमा ११ गोल गरेको थियो भने दोस्रो हाफमा बायर्नले १२ गोल गर्दै रोट्यागविरुद्ध शानदार जीत हात पार्यो ।

बार्यनका लागि रोबर्ट लेवान्डोस्की, थोमस मुलर, वेकएरे वेरिड र लियोन गोर्तेज्काले ह्याट्रिक गरे। टोलिसोले चार गोल गरे। यस्तै सान्चेजले दुई, लियोन डाजाकुले एक, सरप्रित सिंहले एक र नोलेनबर्गरले एक गोल गरे। ७३ औँ मिनेटमा एक गोल आत्मघाती भएको थियो।

म्युनिख नजिकैको क्लब रोट्याग एगर्न जर्मन चौथो डिभिजनको क्लब हो। यसअघि पनि बायर्नसँगैको मैत्रीपूर्ण खेलमा रोट्याग एगर्न २०–२ ले पराजित भएको थियो।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : २५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी