‘महाजात्रा’को उत्साहजनक व्यापार कायमै « Khabarhub

‘महाजात्रा’को उत्साहजनक व्यापार कायमै


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्षको दोस्रो दिन पनि प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको  ‘महाजात्रा’ दर्शक उत्साहजनक साथ पाएको छ । नयाँ वर्षको दोस्रो दिन फिल्म हेर्न उल्लेखनीय संख्यामा दर्शकहरू हलमा पुगेको पाइएको छ ।

नयाँ वर्षको दिन महाजात्राको टिकट नपाएर हल पुगेर फर्किएको गुनासो सामाजिक सञ्जालमा आइरहेको निर्देशक भट्टराईले बताएका छन् । उनी भन्छन्, ‘नयाँ वर्षमा महाजात्रालाई उपलब्ध सम्पूर्ण सो हाउसफुल भयो । फिल्मले तीन सातामा नेपालमा चौध करोड व्यापार गरेको थियो । हामीले हाम्रो अघिल्ला सम्पूर्ण रेकर्ड तोडिसकेका छौँ । विशेषतः हलमा आउनुभएको दर्शकलाई खुसी बनाएर फर्काउन पाएका छौँ, यो ठूलो सफलता हो ।’

यस्तै, फिल्मले तीन सातामा नेपालबाहिर नौ करोडको ग्रस कलेक्सन गरेको वितरण कम्पनी एमएसएम इन्टरटेन्मेन्टले जनाएको छ । उक्त कम्पनीका अनुसार शुक्रबार र शनिवार विदेशमा आयोजित सम्पूर्ण सो ‘शोल्ड आउट’ भएका छन् ।

तीन सातामा २३ करोड एक लाख ग्रस कलेक्सन गरेको फिल्मले नेपालमा १५ करोडको आँकडा पार गरिसकेको छ । ‘माउथ पब्लिसिटी’का कारण फिल्मले स्वदेश र विदेशमा नयाँ रेकर्ड बनाउने निर्माण पक्ष आशावादी छ ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : १३ बजे

वास्तविक सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्बासी बस्ती

गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर, यस्तो देखियो ड्रोनबाट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउने अभियान जारी

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौं- मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको

उपत्यकामा नदी किनारका बस्ती हटाउने अभियान जारी

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी

पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच इस्लामावादमा भेटवार्ता

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद